जेठ ०६, २०८१, आइतबार
               

जन्मदिनमा लगनगाँठो कस्दैछिन् प्रियंका (फोटोफिचर)

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यसै महिना विवाह वन्धनमा बाँधिने भएका छन् ।

विवाहको जानकारी यो जोडी आफैंले दिएका हुन् । फागुन १५ गते प्रियंका आयुष्मान विवाह विवाह बन्धनमा बाँधिने पक्का भएको छ । 

फेब्रुअरी २७ मा प्रियंकाको जन्म दिन हो । उनले आफ्नो जन्मदिनको शुभअवसर पारेर आयुष्मानसँग लगनगाँठो कस्न लागेकी हुन् ।

उनीहरूले करिब दुई वर्षअघि नै इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका थिए ।

केही समयअघि प्रियंकाले आफ्ना नजिका साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलर्स पार्टी गरेकी थिइन् । 

फिल्म अभिनयको सिलसिलामा यी दुईबीच करिब तीन वर्षअघि भेट भएको थियो । भेटपछि नजिकिएका यी दुई एक अर्काबीना बाँच्न नसक्ने अवस्थासम्म पुगेका छन् ।

सन् २०१८ को फेब्रुअरी १४ मा दुवैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए।

प्रियंकाको यो दोस्रो विवाह हो । अमेरिका बसाइका क्रममा उनको पहिलो वैवाहिक सम्बन्ध टुटेको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

wild and free like the sea❤ 📸 @gman.ktm

A post shared by 𝑷𝒓𝒊𝒚𝒂𝒏𝒌𝒂 🌼 (@priyanka.karki) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

absolutely enjoying the last few weeks of summer 🌟🌼❤

A post shared by 𝑷𝒓𝒊𝒚𝒂𝒏𝒌𝒂 🌼 (@priyanka.karki) on


कस्तो लाग्यो ?

यो पनि