जेठ ०६, २०८१, आइतबार
               

'कबड्डी'की 'मैया'ले गरिन् बिहे

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

नायिका रेश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । शुक्रबार पोखरामा उनले प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । 

उनको बिबाहमा चलचित्र क्षेत्रा व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको थिएन । नजिकका परिवारलाई मात्र बिबाहको कार्ड पुगेको थियो । 

खासै मिडियामा नदेखिने रेश्मा चलचित्र क्षेत्रबाट केही टाढा नै छिन् । उनले विभिन्न मिडियामा आफूलाई चलचित्र क्षेत्रमा खासै उत्साह नभएको बताउँदै आएकी थिइन । बिबाहपछि उनी चलचित्रमा देखिनेछिन् वा छैनन् धेरैको चासो बनेको छ ।

डेब्यु चलचित्र ‘कबड्डी’बाट नायिका रेश्मा गुरुङले निकै तारिफ पाइन् । यसै चलचित्रमा उनले विभिन्न अवार्डहरु पनि उचाल्न सफल भइन् । चलचित्रमा उनले निर्वाह गरेको 'मैया' क्यारेक्टर निकै हिट थियो । 

कबड्डीको दोस्रो सिरिजमा पनि देखिएकी रेश्मा तेस्रो भागमा भने अथिती भूमिकामा मात्र देखिइन् । उनलाई दर्शकले 'कबड्डी ४' मा पुन: देख्न पाउने बताइए पनि पक्का भने भएको छैन् ।


कस्तो लाग्यो ?

यो पनि