जेठ ०६, २०८१, आइतबार
               

यस्तो बन्यो 'नीरफूल'को 'बदनामी'

नेपाल फ्ल्यास
फागुन ०३, २०७६

ADVERTISEMENT

संचारकर्मी फूलमान वल चलचित्र निर्देशकको रुपमा डेब्यु गर्दैछन् । उनको डेब्यु निर्देशनमा बनेको चलचित्र 'नीरफूल' रिलिजको तयारीमा छ । चलचित्रले फागुन ३० गतेलाई रिलिज मिति पक्का गरेको छ । 

यस्तैमा, चलचित्रको प्रचार-प्रसारलाई सहयोग हुने विश्वास सहित चलचित्रको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएको छन् । दुर्गा खरेलले आवाज दिएको गीतको शब्द निर्देशक फूलमान वलले लेखेका हुन् ।

भिडियोमा नायिका रेखा थापालाई फिचर गरिएको छ । जहाँ रेखा डान्स बारमा गीत गाउने गायिकाको रुपमा प्रस्तुत भएकी छिन् । भिडियोमा अभिनेत्री शान्ति वाईवालाई पनि देख्न सकिन्छ । शान्तिलाई भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्य भिडियोमा देखाइएको छ ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा तयार गरेका हुन् । सचिन फिल्मका एशोसिएट निर्देशक पनि हुन् । 

'फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल'सँगको सहकार्यमा 'सेलो प्रोडक्शन'ले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता भने सोनाम डोमा हुन् ।


कस्तो लाग्यो ?

यो पनि