जेठ ०६, २०८१, आइतबार
               

आफ्नो ड्रेसमा ट्रोल गर्नेहरुलाई नुसरतको यस्तो जवाफ

एजेन्सी
फागुन ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री नुसरत भरुचा ड्रेसका कारण निकै ट्रोल भएकी थिइन्। आफ्नो ड्रेसमाथि निकै ट्रोल भएपछि उनले जवाफ दिएकी छिन् ।

नुसरतले भनेकी छिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यसरी नै मलाई आफूलाई मन पर्ने कपडा लगाउने अधिकार छ । ’

उक्त पहिरन लगाएपछि आफूमा आत्मविश्वास बढेको बताउँदै उनले उक्त पहिरन कन्फिडेन्सका साथ क्यारी गर्न सकेको बताइन् ।

यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए आफूले त्यो ड्रेस नलगाउने उनले उल्लेख गरेकी छिन् ।

आफूलाई साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेको उनले सुनाइन् ।

उनले भनेकी छिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै नकारात्मक कमेन्टले न त कुनै फरक पर्छ न त  यसले चिन्तित नै बनाएको छ । ’

नुसरतलाई आयुष्मान खुराना स्टारर ‘ड्रिम गर्ल’ मा मुख्य नायिकाको रुपमा देखिएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Take me backkkk girls!! @shrushtid @avni @sneh05 @ruchi_r_shah And @sanjnas I love you for these pictures!! ❤️

A post shared by nushrat (@nushratbharucha) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Tropic like it’s hot 🔥 . . 📸 @sanjnas 😘

A post shared by nushrat (@nushratbharucha) on


कस्तो लाग्यो ?

यो पनि