जेठ ०६, २०८१, आइतबार
               

‘म यस्तो गीत गाउँछु २’ मा गायक-गायिका बने पल र पूजा (ट्रेलर)

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र पल शाह फिचर छन् । ट्रेलरमा पल शाहलाई सुपरस्टार गायकको रुपमा देखाइएको छ भने पूजा शर्मालाई राइजिङ स्टारको रुपमा प्रस्तुत गरिएको छ । पल र पूजाको रोमान्स र विछोडलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।  

सुदर्शन थापाको निर्देशनमा तयार भएको यस चलचित्रले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको थियो । तर, चलचित्रलाई एक साता पछाडि सरिएको छ । अब भने चलचित्र फागुन ३० गते रिलिज हुनेछ । बलिउड चलचित्र ‘बाघी ३’सँग डराएर चलचित्रले आफ्नो रिलिज मिति पछाडि सारेको हो । 

चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ । पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ ।


कस्तो लाग्यो ?

यो पनि