जेठ ०६, २०८१, आइतबार
               

निर्माणाधीन रंगशालामा 'पार्टी जिताइदे' भन्दै सन्दीप र सुन्तली

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

धुर्मुस-सुन्तलीको निर्माण रहेको चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ । प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीतको छायांकन गरिएको हो ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो । दीपक आचार्य निर्देशित भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झै-झगडालाई देखाइएको छ । 

फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल, बुद्धि तमाङ लागयतको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

२ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । 

चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि