जेठ ०६, २०८१, आइतबार
               

'लक्का जवान'को गीतमा दिलिप-प्रियंका र वर्षा-सलोनको नृत्य

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

चैत २१ गतेलाई रिलिज मिति लक गरेको चलचित्र ‘लक्का जवान’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनि ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुलसँगै जुना रिजाल काफ्लेले पनि स्‍वर दिएकी छिन् । 

सार्वजनिक भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन् । भिडियोमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । 

शिवहरि पौडेलले निर्देशन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद पनि शिवहरि आफैँले तयार गरेका हुन् । कमेडी जनरमा निर्माण भएको चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

किरण केसीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि