जेठ ०६, २०८१, आइतबार
               

साउथ स्टार विजयको बलिउड डेब्यु, आनन्यासँग बाँधियो जोडी

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

दक्षिण भारतिय चलचित्रका सुपरस्टार अभिनेता विजय देवरकोंडा पछिल्लो समय निकै चर्चामा छन् । 'अर्जुन रेड्डी', 'डियर कमरेड' जस्ता चलचित्रले विजयलाई निकै चर्चामा ल्याएको छ । 

पछिल्लो समय बलिउडमा डेब्युको कुराले पनि विजयको चर्चालाई थप उचाई दिएको छ । तेलुगु चलचित्रमा आफ्नो गतिलो स्थन बनाएका विजयले अब बलिउडमा पनि आफ्नो करिअर सुरु गर्ने तयारी गरिरहेका छन् । 

निकै मोटो पारिश्रमिक सहित विजय एक बलिउड चलचित्रमा अनुबन्धित भएका छन् । पुरी जगन्नाथले निर्देशन गर्ने बलिउड चलचित्र ‘फाइटर’मा विजय फिचर हुन लागेका हुन् । 

चलचित्रको लागि विजय मुम्बाई आइसकेका छन् । आफ्नो बलिउडमा डेब्यु चलचित्र भएकाले विजय कडा मेहनत गरिरहेका छन् । निर्माण पक्षले विजयको जोडीको रुपमा नायिका पक्का गर्न सकेको थिएन । 

चलचित्रको नायिकाको लागि जान्वी कपुर र आनन्या पाण्डेको नाम अगाडि आइरहेको थियो । तर, को हुने भन्ने पक्का भएको थिएन । अब भने चलचित्रमा विजयको जोडी बन्नको लागि निर्माण पक्षले आनन्यालाई पक्का गरेको छ । चलचित्रको पर्दामा विजय र आनन्याको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

आनन्या पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् । डेब्यु चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’ र ‘पति पत्नी और वो’बाट उनले निकै तारिफ पाएकी छिन् । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि