जेठ ०६, २०८१, आइतबार
               

सारा-कार्तिकको लभमा सेन्सर बोर्डको कैंची

एजेन्सी
माघ २९, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन स्टारर ‘लभ आजकाल’ फेब्रुअरी १४ मा रिलिज हुँदैछ । 

भारतको सेन्सर बोर्डले फिल्मको धेरै अन्तरंग दृश्य काटिदिएको छ । फिल्मलाई यू/ए सर्टिफिकेट दिइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेन्सर बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाएको छ । एक अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिएको छ । 

बेर्डले केही सिनलाई ब्लर गर्न निर्देशन समेत दिएको छ ।

फिल्मको सेकेन्ड हाफमा अभिनेताले कपडा फुकालिरहेको दृश्य हटाइने भएको छ ।

यसैबीच, फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । केही शब्दहरुमा म्युट गर्न बोर्डले निर्देशन दिएको छ ।

इम्तियाज अलीले निर्देशन गरेको फिल्म २ घण्टा २१ मिनेटको रहेको बताइएको छ । 

ट्रेलर हेर्नुहोस्ः


कस्तो लाग्यो ?

यो पनि