जेठ ०६, २०८१, आइतबार
               

एभरेष्ट सूर्य बोहराको निर्देशनमा 'ओह प्रिया' बन्ने

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार, चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो । 

सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि चलचित्र नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रका गीतमा एलिस कार्कीको संगीत रहने छ ।

नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने चलचित्रको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको चलचित्रको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि