जेठ ०४, २०८१, शुक्रबार
               

आफ्नै फ्यानसँग रोमान्स गर्दै सलमान

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

अर्को वर्षको इदलाई लक्षित गरेर सलमान खानले नयाँ चलचित्र घोषणा गरेका छन् । ‘कभी इद कभी दिवाली’ नाम राखिएको यस चलचित्रको लागि नायिका भने पक्का भइसकेको थिएन । 

अब भने सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन् । निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ । पूजा सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन् । उनले आफू सलमानको फ्यान भएको र सलमानसँग काम गर्ने इच्छा भएको बताउँदै आएकी थिइन् । त्यो अब पूरा हुने भएको छ ।

सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका चलचित्रलाई फरहद समाजीले निर्देशन गर्दैछन् । चलचित्रमा सलमान विल्कुलै भिन्न अवतारमा प्रस्तुत हुनेछन् । पूजा भने चलचित्रमा गाउँले युवतीको भूमिकामा देखिनेछिन् । 

पूजा यसअघि चलचित्र ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन् । यस चलचित्रका निर्माता पनि सजिद नै हुन् । उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि