जेठ ०४, २०८१, शुक्रबार
               

टिका प्रसाईंको 'नसकिने भो' (भिडियो)

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौं । चर्चित गायिका टिका प्रसाई र लेखराज गुरुङको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

टिका र लेखराजको नसकिने भो बोलमा रहेको गीत सार्वजनिक भएको हो । 

यस गीतमा टिकाकै शब्द तथा संगीत रहेको छ ।

गीतमा उदय राज पौडेलको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनय रहेको छ । 

त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ । 

ज्ञानेन्द्र शर्मा हुमागाइँले खिचेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् ।

नाइ मलाई थाहा छैन, माया लुकी लुकी, कर्के नजर, तिमी मलाई मन पर्छपछि टिकाको नसकिने भो सार्वजनिक भएको हो । टिकाका प्राय सबै गीत निकै चर्चित छन् ।


कस्तो लाग्यो ?

यो पनि