जेठ ०४, २०८१, शुक्रबार
               

बाघी ३ सँग नडराएका निर्देशक सुदर्शन !

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

ठुलो बलिउड/हलिउड चलचित्र आयो भने नेपाली चलचित्रहरु पुच्छर लुकाएर भाग्ने गर्छन् । आफ्नो अस्तित्व नै नरहने डरले उनीहरु पछि हट्छन् । 

यस्तैमा, फागुनको २३ गते नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुदैँछ । सुदर्शन थापा निर्देशित चलचित्रसँग भिड्नको लागि बलिउडको ठुलो चलचित्र ‘बाघी ३’ पनि नेपाली चलचित्र हलमा आउँदैछ ।

बाघी ३ आउने भएपछि म यस्तो गीत गाउँछु २ सर्ने धेरैले अड्कल काटिरहेका छन् । तर, निर्देशक सुदर्शन थापा भने आफू यस मितिबाट पछाडि नहट्ने बताउँछन् । जहिल्यै विदेशी चलचित्रहरुसँग डराएर भाग्ने हो भने नेपाली चलचित्र नै नबनाए हुने भन्दै उनी पछि नहट्ने दावी गर्छन् । 

आफूहरु पनि हरेक पक्षबाट बलियो भएको भन्दै उनले पछाडि नहट्ने बताएका हुन् । गीत संगीतलाई दर्शकले रुचाएका कारण पनि उनीमा चलचित्र चल्ने विश्वास बढेको हुन सक्छ ।

रिलिज भएको दिन नै नेपालको पनि युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा आफ्नो स्थान बनाएको चलचित्र बाघी ३ सँग भिड्दा ‘म यस्तो गीत गाउँछु २’ लाई पक्कै गाह्रो हुनेछ । शो बाढिने छ । तर, नयाँ रिलिज डेट नपाउदा उनीहरु सर्ने अवस्थमामा छैनन् ।


कस्तो लाग्यो ?

यो पनि