जेठ ०४, २०८१, शुक्रबार
               

ओस्कारमा ‘प्यारासाइट’ उत्कृष्ट, रचियो नयाँ इतिहास

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

एजेन्सी ।अमेरिकामा  सम्पन्न ९२ औं ओस्कारमा गत वर्ष सर्वाधिक चर्चामा रहेको कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको छ ।  बोङ् जुन हो निर्देशित फिल्मले ‘जोकर’  ‘आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ लाई पछि पार्दै  कोरियन फिल्म ‘प्यारासाइट’ले ‘बेस्ट पिक्चर’को अवार्ड जितेको हो।

अवार्ड जितेसँगै ‘प्यारासाइट’ ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी भाषाको फिल्म बनेको छ । । ‘प्यारासाइट’ ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ। 

ओस्कारको ९२  संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको फिल्मले उत्कृष्ट फिल्मको ओस्कार जितेको छैन।
यसैबीच, लरा डर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सह–अभिनेत्रीको उपाधि जितेकी छिन् । 

उत्कृष्ट सह–नायकको उपाधि ‘वान्स अपन अ टाइम इन हलिउड’ का लागि ब्राड पिटलाई प्रदान गरियो । यस्तै, एडप्टेड स्क्रिनप्ले विधामा ‘जोजो र्‍याबिट’ का लागि ताइका वतीतीलाई छानियो । ‘टोय स्टोरी ४’ उत्कृष्ट एनिमेटेड फिल्म बन्यो । 

उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड ‘हेयर लव’ ले पायो । ‘हेयर लव’ का निर्देशक म्याथ्यू चेरीले उक्त अवार्ड दिवंगत कोबे ब्रायन्टलाई समर्पित गरे । 


कस्तो लाग्यो ?

यो पनि