जेठ ०४, २०८१, शुक्रबार
               

एस एस राजामौलीले अजयलाई सित्तैमा खेलाए फिल्म

एजेन्सी
माघ २७, २०७६
ADVERTISEMENT

फिल्म निर्देशक एस एस राजामौली हाल नयाँ सिनेमा आर आर आर को सुटिङमा व्यस्त छन् ।
बाहुबली, मगधीरा तथा मख्खी फेम निर्देशक एसएस राजामौलीका े  सिनेमा आर आर आर मा बलिउड अभिनेता अजय देवगन पनि अतिथि भूमिकामा देखिँदै छन्।

सिनेमाका लागि अजयले मोटो पारिश्रमिक लिएको चर्चा चलेको थियो। तर, हालै सार्वजनिक भएको नयाँ समाचार अनुसार सो सिनेमाका लागि अजयले कुनै पनि रकम लिन अस्वीकार गरेको खबर सार्वजनिक भएको छ।

रामचरण तेजा र एनटीआर जुनियरको प्रमुख भूमिका रहेको सिनेमामा अजयले समान  पारिश्रमिक लिने बताइएको थियो।

अजयले यसलाई अस्वीकार गरेका छन् । त्यसो राजामौली सिनेमाका लागि अजयलाई मागेजत्ति पारिश्रमिक दिन तयार थिए। तर अजयले साथीको  पैसा  लिन्न भन्दै पारिश्रमिक लिन अस्वीकार गरेका बताइएको छ ।

अजय र राजामौली एक–अर्को  एकदमै मिल्ने साथी हुन्।


कस्तो लाग्यो ?

यो पनि