जेठ ०४, २०८१, शुक्रबार
               

बाराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो उपाधि

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

एजेन्सी । ९२ औं एकेडेमी अवार्ड अन्तर्गत यस वर्ष उत्कृष्ट डमुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्न सफल भएको छ । 

यसैबीच, लरा डर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सह–अभिनेत्रीको उपाधि जितेकी छिन् । 

उत्कृष्ट सह–नायकको उपाधि ‘वान्स अपन अ टाइम इन हलिउड’ का लागि ब्राड पिटलाई प्रदान गरियो ।

उत्कृष्ट स्क्रिन प्ले अवार्ड फिल्म ‘प्यारासाइट’का निर्देशक बाङ्ग जूनले पाए । 

यस्तै, एडप्टेड स्क्रिनप्ले विधामा ‘जोजो र्‍याबिट’ का लागि ताइका वतीतीलाई छानियो । ‘टोय स्टोरी ४’ उत्कृष्ट एनिमेटेड फिल्म बन्यो । 

उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड ‘हेयर लव’ ले पायो । ‘हेयर लव’ का निर्देशक म्याथ्यू चेरीले उक्त अवार्ड दिवंगत कोबे ब्रायन्टलाई समर्पित गरे । 

यो वर्ष उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म ‘ल नेबर्स विन्डो’ बन्न सफल भयो ।


कस्तो लाग्यो ?

यो पनि