जेठ ०४, २०८१, शुक्रबार
               

लयमा फर्किएका छन् त दीपेन्द्र ?

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

चलचित्र 'पशुपति प्रसाद'लाई दर्शकले निकै रुचाए । चलचित्रले उठाएको विषयबस्तु र प्रस्तुतीलाई दर्शकले प्रशंसा गरेका थिए । हेर्दा सामन्य लाग्ने कथालाई चलचित्रको पर्दामा गज्जब तरिकाले उतारेका थिए, निर्देशक दीपेन्द्र के खनालले ।

यस चलचित्रबाट निर्देशक दीपेन्द्र के खानलले आफ्नो बलियो परिचय स्थापित गरे । कलाकारमा खगेन्द्र लामिछाने, विपिन कार्की लगायतले पनि यस चलचित्रबाट आफ्नो गतिलो स्थान बनाए ।

समिक्षात्मक रुपमा सफल ठहरिएको यस चलचित्रले व्यापारिक रुपमा पनि सफलता पाएको थियो । समक्षिकहरुले यस चलचित्रका निर्देशक दीपेन्द्र के खनालको निकै तारिफ गरेका थिए । 

तर, यस चलचित्र पश्चात् निर्देशक खनालले आफ्नो गति छोडे । कमर्सियल चलचित्र बनाउने होडबाजीमा परेर उनी निरन्तर चिप्लिरहे । उनले आफ्नो पशुपति प्रसाद हेरेका दर्शकलाई पछिल्लो चलचित्रहरुबाट रिझाउन सकेनन ।

अहिले दीपेन्द्र आफ्नो लय फर्किएको बताउँछन् । चलचित्र ‘आमा’मार्फत आफू लयमा फर्किएको उनको भनाई छ । उनले भनेका छन्, ‘पशुपति प्रसाद हेरेर दर्शकले मलाई जुन विश्वास गर्नुभएको छ त्यो आमा चलचित्रले पूरा गर्नेछ । पशुपति प्रसाद जस्तै मन छुने चलचित्र बनेको छ, आमा ।’

चलचित्र हेरेका दर्शकलाई यस चलचित्रले पूर्ण रुपमा तृप्त बनाउनेमा विश्वस्त छन्, खनाल । 

'आमा'मा अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, सरिता गिरी लगायतको मुख्य भूमिका रहेको छ । चलचित्र फागुण ९ गतेबाट रिलिज हुदैँछ । 


कस्तो लाग्यो ?

यो पनि