जेठ ०४, २०८१, शुक्रबार
               

कस्तो चले ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ ?

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

गत शुक्रबारबाट दुई चलचित्र रिलिज भए । विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ र विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ गत शुक्रबार रिलिज भएका चलचित्र हुन् । 

यी चलचित्रले सुख्खा भएको हलमा दर्शक फर्काउने आश गरिएको थियो । के दर्शक फर्काउन सफल भए त यी चलचित्र ?
शनिबारको व्यापारलाई हेर्ने हो भने यी चलचित्रले केही हदसम्म दर्शक फर्काउन केही हदसम्म सफल भएको देखिन्छ । मल्टिप्लेक्स हलहरुमा चलचित्र ‘सेल्फी किङ्ग’ र सिंगल थिएटरहरुमा साङ्लोले दर्शकको उत्साह जनक साथ पाएका छन् । 

चलचित्र सेल्फी किङ्ग हेर्न दर्शक मल्टिप्लेक्स हलमा पुगेका छन् । चलचित्रले हाउसफुलको व्यापार गर्न नसके पनि दर्शकको भने राम्रै साथ पाएको छ । दर्शकको प्रतिकृया पनि उत्साहजनक नै छ । निर्माण पक्ष चलचित्रको व्यापार र प्रतिकृयाबाट खुसी छन् । 

विराजको क्रेज सिंगल थिएटरमा गज्जबको देखियो । विराज हल पुग्दा उनलाई बोक्ने देखि उनको नाममा हुटिङ दिने, सिठ्ठी फुक्ने दर्शकको जमात बाक्लो थियो । 

कुनै समय चलचित्र क्षेत्रमा राम्रो स्टारडम बनाएका विराजले आफ्नो क्रेजलाई अहिलेको पुस्तमा पनि स्थापित गरेका छन् । धेरैले विराजको एक्सनको तारिफ गरे । सिंगल थिएटरमा चलचित्रले हाउसफुलको व्यापार गरिरहेको छ ।

हास्यकलाकारको कथालाई प्रस्तुत गर्ने चलचित्र ‘सेल्फी किङ्ग’लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका छन् । चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल लगायतको मुख्य भूमिका रहेको छ । 

साङ्लोलाई भने विराज आफैँले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा निकिता चण्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि