जेठ ०४, २०८१, शुक्रबार
               

...अनि हाई कोर्ट पुगिन् पुनम

एजेन्सी
माघ २६, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुन्दरी पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा दायर गरेकी छिन्। 

व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन्।

प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पुनम सिधै हाई कोर्ट पुगेकी हुन्। 

गत वर्ष पुनमले आम्र्स प्राइम मिडियासँग आफ्नो नामबाट एप पाउन एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। त्यसबापत उनलाई राम्रै रकम मिल्नेवाला थियो।

पुनमका अनुसार फर्मको सेयरमा भेदभाव भएपछि उनले सम्झौता फिर्ता लिइन्। त्यसलगत्तै उनलाई विभिन्न नम्बरबाट त्यसबारे फोन आउन थाल्यो। त्यसपछि उनी तीन महिनाका लागि विदेश गइन् ।

विदेशबाट फर्किएपछि पुनमले आफ्नो सम्पर्क नम्बर पनि बदलिन्। तर नयाँ नम्बरमा पनि पुरानै कुरा उप्काउँदै फोन आउन थाल्यो। 

खासमा उनले राज कुन्द्राका सहयोगी सौरभ कुसवाहसँग आफ्नो समस्या समाधान गर्न नयाँ नम्बरबाट फोन गरेकी थिइन्। तर भइदियो उल्टो। 

उनलाई बारम्बार कुन्द्राकै सहयोगी टिमबाट फोन आएपछि प्रहरीको मद्दत माग्न गइन्। तर प्रहरीले सुनुवाइ नगरेपछि हाई कोर्टमा पुगेको उनले बताएकी छिन्।

सौरभले भने पुनमको आरोप झूठो भएको बताएका छन्। 

पुनमले ‘द जर्नी अफ कर्मा’, ‘आ गया हिरो’लगायत फिल्ममा अभिनय गरेकी छन्।  


कस्तो लाग्यो ?

यो पनि