जेठ ०४, २०८१, शुक्रबार
               

सौगात र दीयाको प्रेमले भरिएको 'मन्त्र'को टिजर

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

हिमाली भेगको कथालाई प्रस्तुत गरेको चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । 

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई देख्न सकिन्छ । टिजरमा सौगात र दीयाको प्रेमकथालाई बढि स्थान दिइएको छ ।

खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । चलचित्रमा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह-निर्माताको रुपमा हरेका छन् । 

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृष्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि