जेठ ०४, २०८१, शुक्रबार
               

आदित्य र नेहाको विवाह हुन लागेको टोनी कक्करको खुलासा

एजेन्सी
माघ २४, २०७६

ADVERTISEMENT

गायक उदित नाराणय पुत्र आदित्य र भारतीय गायिकका नेहा कक्करबीचको प्रेम रसरंगको संसारमा अहिले चर्चाको तातो विषय बनिरहेको छ ।

ति प्रेमजोडीले आउँदो १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइनका दिन भारतीय सांगीतिक रियालिटि शो इन्डियन आइडलको स्टेजमा विवाह गर्ने खबर आगो झैं फैलिरहेको छ । भारतीय मिडिया पनि ति जोडीको विवाह हुन लागेको कुरामा सत्यता रहेको बताइरहेका छन् । यस कुराको पुष्टि नेहाका भाई टोनी कक्करलेसमेत पुष्टि गरेपछि यो समाचार झनै तातिएको छ ।

सोनी टिभीबाट प्रसारण हुने सो शो कै क्रममा आदित्य नारायणले ‘ब्याचलर पार्टी’ मनाएको विषयसमेत मिडियाले प्रचारमा ल्याएका थिए । सोही कार्यक्रममा गायक कुमार सानुले आदित्य नारायणको परिवारबाट ‘चुनरी’ समेत नेहालाई दिएका थिए । त्यसअघि नै आदित्य र नेहाका परिवारले त्यही कार्यक्रमको क्रममा उनीहरुको प्रेमलाईसमेत मंजुरी दिइसकेका थिए ।

अहिले भने आदित्य र नेहा गोवामा भ्यालेन्टाइन पूर्व रोमान्समा मस्ती गरिरहेको समाचार तातो विषय बनेको छ । यसै साता प्रसारण हुने इन्डियन आइडलमा पनि ति दुईको प्रेमलाई प्राथमिकतासाथ प्रसारण गरिंदै छ । नेहा कक्करले आफ्ना भाई टोनी कक्करसँग गाएको म्युजिक एल्बम ‘सिंगल’ को सुटिङ पनि अहिले गोवा मै भइरहेको छ । जसमा पहिलो पटक आदित्यले कु्नै गीतमा मोडलिङ गर्न लागेका छन्, त्यो पनि नेहाका साथ ।

सोही सुटिङको क्रममा खिचिएको एक भिडियोमा नेहाका भाई टोनीले ति प्रेम जोडीलाई वरिपरी राखेर उनीहरुले भ्यालेन्टाइन डेमा विवाह गर्न लागेको खबर सही रहेको खुलासा गरेका छन् । अहिले त्यो भिडियो भाइरल बनिरहेको छ । 

हेर्नुस् भिडियो

 


कस्तो लाग्यो ?

यो पनि