जेठ ०४, २०८१, शुक्रबार
               

किन तय भएन आँचलको बिबाहको मिति ?

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

नायिका आँचल शर्माले यस वर्ष बिबाह गर्ने समचार केही महिना देखि नै आइरहेको छ । जब उनले प्रेमी डाक्टर उदीप श्रेष्ठलाई मिडियामा सार्वजनिक गरिन, त्यहीँ समयदेखि आँचलले यसै वर्ष बिबाह गर्ने समचार आएको थियो ।

केही समय अगाडि आँचलले नै आफूले फागुनमा बिबाह गर्न लागेको बताइन् । फागुन नजिकिसक्दा पनि आँचलको बिबाह मिति भने पक्का भएको छैन् । फागुन कति गते बिबाह गर्ने हो भन्ने कुरामा अझै तय भइसकेको छैन् ।

आँचलका अनुसार चिना नमिल्दा बिबाहको मिति तय हुन नसकेको हो । कुराकानीमा आँचलले भनिन्, 'दुईतर्फ कै चिना हेराइरहेका छौँ तर, त्यहाँ केही कुरा नमिलेकाले मिति पक्का भएको छैन् । तर, बिबाह चाहीँ फागुनको अन्तिम सातामा पक्का नै हुन्छ ।'

आँचललाई आफ्नो इन्गेजमेन्टको मिति पनि पत्तो छैन् । कारण उनको परिवार र हुनेवाला श्रीमान हुन्‍ । आँचललाई सरप्राइज दिने भन्दै उनीहरुले आँचललाई इन्गेजमेन्टको मिति सुनाएका छैनन् । आँचलका अनुसार इन्गेजमेन्ट कै दिन बिबाहको मिति तय हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि