जेठ ०४, २०८१, शुक्रबार
               

रहेनन् हलिउडको ‘स्वर्णीम युग’ का हस्ती

एजेन्सी
माघ २३, २०७६

ADVERTISEMENT

हलिउड अभिनेता किर्क डोउग्लासको १ सय ३ वर्षको उमेमा निधन भएको छ । १९६० को फिल्म स्पार्टाकससहित उनका धेरै फिल्म हिट भएका थिए । ७ दशकसम्म हलिउड फिल्ममा सक्रिय होउग्लासको जन्म १९१६ मा न्युर्योकमा भएको थियो । हलिउडको ‘स्वर्णीम युग’ मा उनको उदय भएको थियो ।

१९४९ को फिल्म ‘च्याम्पियन’का लागि उनी पहिलोपटक ओस्कार अवार्डमा मनोनित भएका थिए । उनी ओस्कार विजेता अभिनेता माइकल डोउग्लासका बाबु हुन् । आफ्नो ७ दशक लामो हलिउड करियरमा डोउग्लासले ९० भन्दा धेरै फिल्म खेले । उनी १९४० देखि २००० का सुरुवाती वर्षमा समेत अभिनयमा सक्रिय थिए ।

‘च्याम्पियन (१९४९)’, ‘द ब्याड एन्ड ब्युटिफूल (१९५२)’ र लस्ट फर लाईफ (१९५६)’ का लागि उनी तीनपटक ओस्कारमा मनोनयनमा परेका थिए । १९९६ मा ५० वर्ष लामो फिल्मी करियरको कदर गर्दै उनलाई मानार्थ ओस्कार अवार्ड दिइएको थियो । १९९१ मा हेलिकोप्टर दुर्घटना हुँदा दुई व्यक्तिको निधन भएको थियो, त्यही हेलिकोप्टरमा सवार किर्क भने बाँचेका थिए ।

५ वर्षपछि स्ट्रोकका कारण उनको बोलीमा असर पुगेको थियो । ड्रग्स ओभरडोजका कारण छोरा इरिकको ४६ वर्षको उमेरमा २००४ मा निधन भयो, छोराको निधनपछि किर्क पनि निराश बनेका थिए । जीवनको अन्त्यतिर किर्क समाजसेवामा सक्रिय थिए । उनले अल्माइमर रोगको न्युनीकरणका लागि दशौं लाख दान गरे ।

किर्कको मृत्युको खबर फैलिएसँगै उनका समर्थकहरु स्तब्ध बनेका छन् । ‘उनी स्वर्णीम युगका अन्तिम हलिउड महान् कलाकारमध्ये हुन् । उनी सुपरस्टार मात्रै होइनन, महान् हुन् ,’ किर्कलाई श्रद्धान्जली दिन हलिउड वाक अफ फेममा आएका समर्थक ग्रेग डोनोभानले एएफपीसँग भने, ‘ यो हलिउडका लागि निकै खराब दिने हो ।’ 


कस्तो लाग्यो ?

यो पनि