जेठ ०४, २०८१, शुक्रबार
               

रहेनन् चर्चित अभिनेता कर्क डुग्लास

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

एजेन्सी । हलिउड अभिनेता कर्क डुग्लासको १०३ बर्षको उमेरमा निधन भएको छ । 

उनका छोरा माइकल डुग्लासले यस खबरको पुष्टि गरेका हुन् ।

कर्क डुग्लासको जन्म सन् १९१६ मा न्युयोर्कमा भएको थियो । 

करिब ६ दशक सम्म ९० भन्दा बढी फिल्महरुमा काम गरेका डुग्लास हलिउडको ‘गोल्डेन एज’ का अभिनेता हुन् । 

उनले ‘स्पार्टाकस’, ‘लस्ट फर लाइफ’, ‘पाथ्स अफ ग्लोरी’ जस्ता फिल्ममा अभिनय गरेका छन् । 

तीन पटक ओस्कारको लागि मनोनित भएका डुग्लासलाइ सन् १९९६ मा अनरेरी अवार्ड प्रदान गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि