जेठ ०४, २०८१, शुक्रबार
               

'निफ'को प्रमुख निर्णायकमा प्रकाश झा, दिनेछन् मास्टर क्लास

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

बलिउड निर्देशक प्रकाश झाको नाम सम्मानका साथ लिने गरिन्छ । लेखक, निर्माता तथा निर्देशक झाले सात वटा राष्ट्रिय अवार्ड जितिसकेका छन् । सामाजिक–राजनीतिक विषयमा चलचित्र बनाउन झालाई उत्कृष्ट मानिन्छ । 

हाल केरलामा उनी नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । उनले निर्देशनमा ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ आदि चलचित्र तयार भएका थिए । जुन समीक्षात्मक तथा व्यवसायिक दुवै हिसाबले अब्बल मानिन्छन् ।

उनै झा नेपाल इन्टरनेसनल चलचित्र फेस्टिभल (निफ) मा मुख्य निर्णायकको रुपमा नेपाल आउँदैछन् । नेपाल आएका झाले फेस्टिभलका दौरान मास्टर क्लास पनि दिने भएका छन् । उनले फागुन ३ गते शनिबार चलचित्र निर्देशन सम्बन्धी अनुभव बाढ्ने भएका हुन् । 

फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडबाट आएका निर्माता, लेखकले पनि चलचित्र सम्बन्धी कार्यशाला गर्नेछन् । 

फेस्टिभलका दौरानमा नै नेटफ्लिक्सका प्रतिनिधीले पनि डिजिटल स्ट्रिमिङका लागि चलचित्र बेच्ने कौसलको अनुभव बाँड्नेछन् । ५ दिनसम्म चल्ने फेस्टिभलमा नीर शाह निर्देशित चलचित्र बासुदेव देखाइने र चलचित्र हेरेपछिको छलफलमा नीर शाहसँगै लेखक धु्रवचन्द्र गौतम, हरिहर शर्मा र सोफिया उपाध्याय सहभागी हुने आयोजकले जनाएको छ ।  

फेस्टिभलमा चलचित्र प्रदर्शन र छलफल समानान्तर रुपमा चल्नेछन् । छलफल अन्तर्गत नै अभिनेता राजेश हमालले पनि आफ्नो फिल्मी यात्राका आरोह अवरोहका बारेमा दर्शकलाई अनुभव सुनाउनेछन् । यसका लागि हमाल  फागुन ४ गते आइतबारका दिन उपस्थित हुनेछन् ।

नेपाली चलचित्रको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको फेस्टिभलमा ८० चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय फिचर चलचित्र, ३५ सर्ट चलचित्र, ५ नेपाली फिचर चलचित्र, १५ नेपाली सर्ट चलचित्र, ८ डकुमेन्ट्री र ६ एनिमेटेड चलचित्र रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि