जेठ ०४, २०८१, शुक्रबार
               

भ्यालेन्टाइन्स डे मा आदित्य-नेहाको विवाह (भिडियो)

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

एजेन्सी । पछिल्लो समय गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडको निकै चर्चा हुन थालेको छ । 

इन्डियन आइडल सिजन ११ मा यी दुबै जना जजको रुपमा छन् ।

यो जोडीले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्का भएको छ । सोनीले एक भिडियो शेयर गरेको छ जसमा यी दुइले रोमान्स गरिरहेका छन् ।

एउटा गीतमा यो जोडी नाचिरहेको छ । भिडियो शेयर गर्दै क्याप्सन लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ । 

इन्डियन आइडलको सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो लिने बताइएको छ ।

उनीहरुको प्रेम र विवाहको यो फन्डा चर्चा कमाउने एउटा माध्यमको रुपमा हो कि साँच्चै हो त्यो भने केही दिनपछि थाहा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि