बैशाख २३, २०८१, आइतबार
               

रजनीकान्तको दरबार घाटामा, २५० करोड कमाउँदा पनि क्षतिपूर्ति खोज्दै वितरक

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज चलचित्र ‘दरबार’ बक्स अफिसमा फ्लप भएको खुलासा भएको छ।

सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको उक्त सिनेमाका वितरकहरूले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्तको ढोका ढक्ढकाउने भएका छन्।

उनीहरूले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ। उनीहरूले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन्।

यसअघि रजनीकान्तले लिंगा नामक सिनेमा फ्लप भएपछि वितरकहरुलाई रकम फिर्ता दिएका थिए ।


वितरकहरूले सिनेमा निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन्।

रजनीकान्तको सो सिनेमाको लागत दुई समय करोड भारूमा तयार भएको हो जसमा रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत एक सय आठ करोड भारू दिइएको थियो।

सिनेमाले विश्वव्यापी रूपमा २५० करोड भारू कमाएको बताइन्छ।


कस्तो लाग्यो ?

यो पनि