बैशाख २३, २०८१, आइतबार
               

धुम ४ मा धुम मच्चाउँदै अक्षय कुमार

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउडमा अहिले फिल्म धुम सिरिजको चर्चा हुन थालेको छ । फिल्म मेकर्स धुम ४ को प्लानिङमा व्यस्त छन् । 

पछिल्लो खबरअनुसार, धुम ४ को लागि बलिउड स्टार अक्षय कुमारको नाम फाइनल गरिएको छ । यसको औपचारिक घोषण हुन भने बाँकी छ ।

बलिउड स्रोतको अनुसार, धुम ४ मा अक्षय कुमार मुख्य भूमिकामा देखिनेछन् । 

धुम सिरिजको तीन पार्टमा जोन अब्राहम, रितिक रोशन र आमिर खान लिड रोलमा देखिएका थिए । 

धुम ४ को लागि अक्षय भन्दा अघि सलमान खान, रणवीर सिंह, शाहरुख खानको नाम पनि चर्चामा आएको थियो । 

खबरअनुसार, अक्षय कुमार यस फिल्ममा भिलेनको रुपमा देखिनेछन् ।   

अक्षय कुमार अहिले फिल्म पृथ्वीराजको सुटिङमा व्यस्त छन् । यसका साथै उनी लक्ष्मी बम मा समेत काम गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि