बैशाख २३, २०८१, आइतबार
               

फरक शैलीमा बनेको 'प्रेम गीत ३'को गीत रिलिज (भिडियो)

नेपाल फ्ल्यास
माघ २१, २०७६

ADVERTISEMENT

निर्मता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत’ बनाए । चलचित्रमा हिरो लिए, प्रदीप खड्का । चलचित्रले बक्सअफिसमा राम्रै व्यापार गर्‍यो । यसै चलचित्रबाट प्रदीप दर्शकमाझ चिनिए । 

पहिलो सिरिज हिट भएपछि निर्माता सेन जोसिए र दोस्रो सिरिज बनाए । दोस्रो सिरिजले पनि राम्रै पैसा फिर्ता दिएपछि निर्मता सेनले अहिले तेस्रो सिरिज ‘प्रेम गीत ३’ तयार गरेका छन् ।

मंगलबार ‘प्रेम गीत ३’मा समावेश पहिलो गीत सार्वजनिक गरियो । सार्वजनिक ‘हात्ती ढुंगामा’ बोलको गीतमा कल्याण सिंहको संगीत तथा हर्क साउदले शब्द सुन्न सकिन्छ । सागर आले र मेलिना राईले स्वर दिएको यस गीत अहिले चलिरहेका गीतहरु भन्दा फरक शैलीमा तयार गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङ फिचर भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सयभन्दा बढी कोरस राखेर खिचिएको छ । मनाङमा खिचिएको भिडियोमा कलाकारहरुलाई पनि त्यहीँको लोङ्कल पोशाकमा प्रस्तुत गरिएको छ ।

यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यस चलचित्रले चैतको २८ गतेलाई रिलिज लक्ष्य राखेको छ । सन्तोष सेनले निर्माण गरेको यस चलचित्रलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन् । चलचित्रमा शिव श्रेष्ठ, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि अभिनय छ । 

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता बनेका छन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि