बैशाख २३, २०८१, आइतबार
               

किसबारे बोलिन् दिशा, सलमानसँग भ्यालेटाइन्स डे

एजेन्सी
माघ २१, २०७६

ADVERTISEMENT

एजेन्सी । दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ मा रिलिज हुँदैछ । दिशा अहिले फिल्मको प्रोमोशनमा व्यस्त छिन् । 

यसैबीच उनले फिल्मसँग सम्बन्धित दृश्यबारे मिडिामा केही कुरा शेयर गरेकी छिन् । 

फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ ? भन्ने प्रश्नमा उनले भनेकी छिन्, ‘अब त बानी जस्तै भइसकेको छ । सोसल मिडियामा त सबैले ट्रोलिङको सामना गर्नुपर्छ । अब म यसको लोड लिन सक्दिनँ, बानीजस्तै परिसकेको  छ । र मीम्सको कुरा गर्ने हो भने हामीले मीम्स हेर्दैनौं भन्ने हुँदैन । हामी मोबाइलमा ती मीम्स हेर्छौं । कसैले मीम्स बनाएर हँसाइरहेको छ भने त्यसमा के गलत भयो र ? राम्रै हो नि हामीलाई पनि रमाइलो गर्न दिनुहोस् र उनीहरुलाई पनि मज्जा लिन दिनुहोस् ।’

यस्तै, किस गर्न कुन अभिनेतासँग सहज भयो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग पनि सहज हुदिनँ । मानिसहरुले सोच्लान् कि किस गर्दा मज्जा आउँछ होला, तर यस्तो हुँदैन । जब तपाईं यस्ता दृश्य गरिरहनुभएको हुन्छ तब तीनवटा ठूला क्यामरा तपाईं अगाडि तेर्सिएका हुन्छन् । ५० जना सेटमा हुन्छन् । जसले तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जनाले मोनिटरमा हेरिररहेका हुन्छ । यस्तोमा अत्यधिक दबाब महसुस हुन्छ, केही मज्जा आउँदैन ।’

यसका साथै उनले सोसल मिडियामा आउने कमेन्ट आफूले पढ्न छोडेको बताएकी छिन् ।

भ्यालेन्टाइन्स डे को तयारीबारे उनलाई प्रश्न गर्दा त्यतिबेला सलमान खानको फिल्म ‘राधे’ को सुटिङमा व्यस्त हुने दिशाले बताइन् । यस भ्यालेटाइन्स डे उनले सलमानसँग मनाउने भएकी छिन्, सुटिङ सेटमै भए पनि ।


कस्तो लाग्यो ?

यो पनि