बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोनाको फेसबुक पेजमा प्रियंकाको तस्विर, क्याप्सनमा 'वि लभ नेपाल'

नेपाल फ्ल्यास
माघ २०, २०७६

ADVERTISEMENT

फुटबल क्लब बार्सिलोनाले नायिका प्रियंका कार्कीको तस्विर पोष्ट गरेको छ । सोमबार अफिसियल फेसबुक पेजबाट नायिका कार्कीको तस्विर पोष्ट गरिएको हो । तस्विर पोष्ट गर्दै क्याप्सनमा ‘यु लभ नेपाल’ लेखिएको छ ।

पेजमा प्रियंकाले बोल्दै गरेको एक भिडियो पनि सार्वजनिक भएको छ । प्रियंकाले त्यहाँ पुगेर होस्ट नै गर्दै गरेको देखाइएको छ ।

सार्वजनिक भएका तस्विर र भिडियो पब्लिक भने छैनन् । तयहाँ प्राइभेसीलाई ‘कस्टुम’ गरिएको छ । जहाँबाट बुझ्न सकिन्छ कि, प्रियंकाको तस्विरहरु सिमित केही देशमा मात्र देखिने छ ।

भिडियो पोष्टन गर्दा ‘पेड पार्टरसिप’ भन्ने अप्सान राखिएको छ । उक्त भिडियो कसैले पैसा तिरेर हाल्न लगाएको हो । प्रियंका आफ्नो खर्चमा बार्सिलोनासम्म पुगेकी भने होइनन् । उनलाई ‘भाइबर’ले स्पोन्सर गरेर खेल मैदानसम्म लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि