बैशाख २३, २०८१, आइतबार
               

‘चपली हाइट ३’को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा (भिडियो)

नेपाल फ्ल्यास
माघ २०, २०७६

ADVERTISEMENT

चलचित्र ‘चपली हाइट’ र ‘चपली हाइट २’ ले बक्स अफिसमा राम्रै पैसा कमायो । दुई चलचित्रले नै राम्रो पैसा कमाएपछि निर्माण पक्ष उत्साहित भएर यसको तेस्रो सिरिज ‘चपली हाइट ३’ बनाएको छ । सम्पूर्ण छायांकन सकाइसकेको यस चलचित्रको अहिले पोष्ट प्रोडक्सनमा काम भइरहेको छ ।

यस्तैमा, निर्माण पक्षले चलचित्रको प्रचार स्वरुप पहिलो गीत सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै चलचित्रमा समावेश ‘चारानाको मसला’ बोलको गीत सार्वजनिक गरिएको हो । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यस गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत सुन्न सकिन्छ ।

काठमाडौंकै एक क्लवमा खिचिएको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम र महेश त्रिपाठी फिचर भएका छन् । प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी रहेको भिडियोमा प्रदीप र टीमलाई पनि फिचर गरिएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको यस चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सस्पेन्स थ्रीलर कथामा तयार भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ । 

चलचित्रले चैत्रको २८ गतेलाई रिलिज मिति तय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि