बैशाख २३, २०८१, आइतबार
               

कस्तो बन्ला दयाहाङ र विपिन र वर्षाको ‘के घर के डेरा’ ?

नेपाल फ्ल्यास
माघ २०, २०७६

ADVERTISEMENT

चलचित्र ‘के घर के डेरा’ बन्ने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

३५ वर्षअघि यसै नाममा चलचित्र बनेको थियो । जुन चलचित्रलाई प्रदीप रिमालले निर्देशन गरेका थिए । सोही नामलाई सापटी लिएर निर्देशक सुव्रतराज आचार्यले यस चलचित्रको नाम राखेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराई लगायतको मुख्य भूमिका रहने छ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामा कार्यकारी निर्माता रहेको चलचित्रमा यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । 

‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

दिर्घ गुरुङले खिच्ने यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । चलचित्रमा शंकर थापा ‘स्माइल’ को संगीत रहने छ । चाडैँ छायांकनमा जाने यस चलचित्रले आगमी तीजलाई रिलिज लक्ष्य बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि