बैशाख २३, २०८१, आइतबार
               

लब डायरिजको ‘अधुरो लाग्छ मेरो जीवन’ सार्वजनिक (भिडियो सहित)

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडौं । चलचित्र  ‘लब डायरिज’ को ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत रिलिज भएको छ ।  गीतमा अभिनेता सुशील श्रेष्ठ र रुबिना थापा फिचर्ड छन् ।

प्रबिन पौडेलको संगीत रहेको उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । साथै गीतको शब्द भने मानस विक्रम थापाले लेखेका हुन् ।गीतको छांयाकन भने सौरभ चौधरीले गरेका छन् । सौरभले नै निर्देशन गरेको फिल्म ‘लभ डायरिज’ रोमान्टिक कमेडी जनरामा बनेको छ । 

चलचित्रमा शुसिल श्रेष्ठ अलवा  रुबिना थापा र विश्वजित रिमालको शीर्ष  भूमिका छ । ‘लब डायरिज’  भ्यालेनटाइन डे अर्थात आगामी २ फागुनबाट देशभर रिलिज हुने छ ।

भिडियाे हेर्नुस्

 

 


कस्तो लाग्यो ?

यो पनि