बैशाख २३, २०८१, आइतबार
               

चलचित्र  ‘गोर्खा वारीयर’मा  प्रशान्त तामाङ अनुबन्धित

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडौं । इन्डियन आइडलको बिजेता प्रशान्त तामाङ फेरि नेपाली चलचित्रको पर्दामा देखिने भएका छन् । ब्रिटिश गोर्खा आर्मीको शाहसिक कार्यको बिषयमा बन्ने  ‘गोर्खा वारीयर’मा उनी अभिनेताको रुपमा अनुबन्धित भएका हुन् । 

प्रशान्तले यसअघि ‘गोर्खा पल्टन’ नामक चलचित्रमा देखिएका थिए । जुन चलचित्रलाई दर्शकले मन पराएका थिए । सन् २०२१ मा रिलिज लक्ष्यसहित तयार हुन लागेको चलचित्रको निर्माता पनि उनी आफै हुन् ।

 मिलन चाम्सको निर्देशनमा बन्ने लागेको चलचित्रमा  प्रशान्त साथमा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने छ । 

लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने चलचित्रकाे लेखन प्रदीप भारद्धाजले गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि