बैशाख २३, २०८१, आइतबार
               

‘आमा’को मन छुने गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडाै‌ । फागुन ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’को ट्रेलरले दर्शकको मन छोइसकेको छ । यो चलचित्रको ट्रेलरले पाएको प्रतिक्रियाबाट यसको निर्माणपक्ष उत्साहित छ ।

चलचित्रको निर्माणपक्षले यसमा समावेश एक मात्र गीत सार्वजनिक गरेको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतले मन छुन्छ । आमाले सन्तानका लागि गर्ने संघर्षलाई निकै नै गहिरो रूपमा गीतमा प्रस्तुत गरिएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा भूपेन्द्र खड्काको शब्द, सुवास भुषालको संगीत छ ।


दीपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको शीर्ष भूमिकामा मिथिला शर्मालाई देख्न सकिन्छ । श्रीमान् बिरामी भएपछि छट्पटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिला शर्माको भावबाट प्रकट गरिएको छ ।

उनको साथमा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनीष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदीप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको चलचित्रमा मुख्य भूमिका छ ।

शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रूपमा छन् । चलचित्रमा दीर्घ खड्काको सम्पादन छ ।

  भिडियाे हेर्नुस्

 


कस्तो लाग्यो ?

यो पनि