बैशाख २३, २०८१, आइतबार
               

सलमानले विहे नगर्नुको यस्तो रहेछ कारण

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बिहेको बारेमा धेरैलाई चासो छ । 

सलमानले किन बिहे गर्दैनन् ? यसबारे विभिन्न प्रश्नहरुश्र उठ्ने गरेको छ । चर्चित सेलिब्रेटीको व्यक्तिगत जीवनको बारेमा धेरैले चासो राख्नु स्वभाविकै पनि हो ।

यसैबीच सलमानलाई विवाहको बारेमा प्रश्न सोध्दा उनले प्रश्नलाई मजाक बनाइदिन्छन् । र गम्भीर रुपमा जवाफ दिदैनन् । 

यसैबीच, बलिउड स्टार सलमानले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । 

आफूलाई विवाहप्रति विश्वास नभएको सलमानले बताएका छन् । 

उनले भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब नै हुनसक्छ ।  तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुःख सुखमा साथ दिन्छन् ।’


कस्तो लाग्यो ?

यो पनि