बैशाख २३, २०८१, आइतबार
               

कस्तो बन्ला मिलनको हलिउड फिल्म 'गोर्खा वारियर' ?

नेपाल फ्ल्यास
माघ १८, २०७६

ADVERTISEMENT

निर्देशक मिलन चाम्स अहिले नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम 'गोर्खा वारियर' राखिएको छ । मंहगो बजेटमा निर्माण हुने यस चलचित्रलाई हलिउड चलचित्र भनिएको छ ।

चलचित्रको लागि नेपालबाट दयाहाङ राई, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, विजय लामा, बुद्धि तामाङ, मावोत्से गुरुङ, रितेश चाम्स लगायतको मुख्य भूमिका रहने छ । निर्देशक चाम्सका अनुसार यस चलचित्रमा हलिउडका केही कलाकारहरुको पनि अभिनय रहने छ ।

प्रदीप भारद्वाजले लेखेको यस चलचित्रले गोखाली सेनाहरुको वास्तविक कथालाई प्रस्तुत गर्नेछ । संसार हल्लाउने गोर्खालीहरुको विषयमा केन्द्रित हुने चलचित्रमा विदेशी भूमिका पुगेर अर्काको देशको रक्षा गरिरहेका गोर्खालीलाई देखाइने छ । 

'लन्डन सिने आइ प्रोडक्सन'को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा ५० प्रतिशत टेक्निसियन हलिउडमा काम गरेका हुने छन् । चलचित्र निर्माणमा निर्माण युनिटले ४ करोडको हाराहारी खर्च गर्ने हुने अनुमान गरेको छ । चलचित्रको छायांकन केहि महिनापछि सुरु हुने छ ।
 


कस्तो लाग्यो ?

यो पनि