बैशाख २३, २०८१, आइतबार
               

‘परदेशी २’मा प्रकाशको जोडी वर्षा !

नेपाल फ्ल्यास
माघ १७, २०७६

ADVERTISEMENT

लोक गायकको रुपमा आफूलाई स्थापित गरेका गायक प्रकाश सपुत चलचित्रमा डेब्यु गर्दैछन् । उनले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी २’बाट डेब्यु गर्न लागेका हुन् । 

यस चलचित्रको लागि प्रकाश सुरुवाती दिन देखि नै अनुबन्धित छन् । तर, नायिकाको भने तय भइसकेको थिएन । अब भने निर्देशक रायमाझीले प्रकाशको जोडी जुराएका छन् । उनले नायिका वर्षा सिवाकोटीलाई प्रकाशको जोडीका रुपमा पर्दामा प्रस्तुत गर्न लागेका छन् । 

निर्माण पक्ष र वर्षा बीच लिखित सम्झौता पनि भइसकेको छ । तर, दुबै पक्षले यस विषयमा केही बोलेको छैन् । केही दिनमा नै कार्यक्रम गरेर उक्त कुरा सार्वजनिक गर्ने सुरमा निर्माण पक्ष रहेको छ । 

फागुणको दोश्रो साताबाट छायांकनमा जाने यस चलचित्रले वैदेशिक रोजगारीमा जाने नेपालीको पिडालाई पर्दामा प्रस्तुत गर्नेछ ।

केही वर्ष अगाडि रिलिज भएको चलचित्र ‘परदेशी’ले बक्सअफिसमा धमकेदार व्यापार गरेको थियो । उक्त चलचित्रमा प्रशान्त तामाङ र रजनी केसीको मुख्य भूमिका रहेको थियो । परदेशी २ मा भने उनीहरुलाई देख्न पाइने छैन् ।


कस्तो लाग्यो ?

यो पनि