काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको बारेमा मुख खोलेकी छिन् ।
प्रियंका केही दिन अघि ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । केही नजिकका साथीहरुसँग उनले खुबै मस्ती गरेकी थिइन् ।
यसैबीच, प्रियंकाले आफ्नो विवाह फागुन महिनामा हुने बताएकी छिन् । आफू विवाहको तयारीमा रहेको समेत उनले जानकारी दिएकी छिन् ।
फागुन महिनामा विवाह पक्का भए पनि मिति भने टुंगो लाग्न बाँकी रहेको उनले बताएकी छिन् । उनका अनुसार फागुन १७ गते विवाह हुने सम्भावना प्रवल छ ।
नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक बर्षभन्दा बढी भैसकेको छ ।