बैशाख २३, २०८१, आइतबार
               

बामदेवको गीतमा 'लाटी' तृप्ति (भिडियो)

नेपाल फ्ल्यास
माघ १७, २०७६

ADVERTISEMENT

काठमाडौं । गायक बामदेव क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । बामदेवको ‘लाटी...’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

बामदेवकै शब्द, आवाज तथा र्याप रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ । यम थामा मगरले एरेन्ज गरेका हुन् ।

दीप सागरले निर्देशन गरेको गीतको भिडियोमा बामदेब र तृप्ति श्रेष्ठको मुख्य अभिनय रहेको छ । तृप्ति अभिनयको क्षेत्रमा संघर्ष गर्दैछिन् । उनले यसअघि पनि केही म्युजिक भिडियो तथा फिल्ममा काम गरिसकेकी छिन् ।

तुकराम बिक (गोपाल) ले खिचेको भिडियो दिनेश मुस्कानले सम्पादन गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि