जेठ ०२, २०८१, बुधबार
               

सलमान खानले माफी नमागेसम्म गोवामा प्रतिबन्ध

एजेन्सी
माघ १७, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।

अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्ने क्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध सुरु भएको हो ।

उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ्यानको मोबाइल खोसेका थिए । 

उक्त भिडियोको विरोधमा कँग्रेसनिकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरेका हुन् । 

उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

पत्रमा भनिएको छ, ‘सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। तपाइँले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’


कस्तो लाग्यो ?

यो पनि