जेठ ०२, २०८१, बुधबार
               

यस्तो बन्यो 'म यस्तो गीत गाउँछु २'को डान्सिङ गीत

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को तेश्रो गीत सार्वजनिक भएको छ । बिहिबार ‘कसम कसम’ बोलको गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर दिएका छन् । दिनेशराज पुरीको शब्द समावेश गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 

डान्सिङ नम्बरमा तयार गरिएको गीतमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा फिचर छन् । सँगै एलिशा शर्माको नृत्य पनि भिडियोमा देख्न सकिन्छ । भिडियोको करियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

भिडियोलाई केही फरक स्वादमा पस्किन खोजिएको छ । भिडियोमा प्रयोग गरिएको प्रप्स र नृत्यको स्टेपहरु सम्झनालायक छन् । 

सुदर्शन थापा निर्देशित यस चलचित्रमा पूजा र सुदर्शनको लगानी रहेको छ । चलचित्रमा जन्म जय र सम्पाङ राई सह–निर्माताको रुपमा छन् । निर्देशक थापाकै कथा रहेको चलचित्रलाई शिवम् अधिकारी र दिनेश न्यैपानेले पटकथाको स्वरुप दिएका हुन् । सौरभ लामाले खिचेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्रले फागुणको २३ गतेलाई रिलिज मिति तय गरेको छ  ।


कस्तो लाग्यो ?

यो पनि