जेठ ०२, २०८१, बुधबार
               

मन छुने शब्द सहित 'आमा'को गीत रिलिज

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

यस वर्षको प्रतिक्षित चलचित्र हो, 'आमा' । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।

यस्तैमा चलचित्रको को नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् चलचित्रमा समावेश ‘मनको मैलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक गरिएको हो । 
सार्वजनिक गीत निकै मार्किक बनाइएको छ । गीतका शब्दहरु साह्रै मिठा छन् । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द तथा सुवास भुषालको संगीत सुन्न सकिन्छ ।

चलचित्रको शिर्ष भूमिकामा मिथिला शर्मा फिचर भएकी छिन् । चलचित्रमा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनालको पनि अभिनय रहेको छ । 

फागुण ९ गते रिलिज हुने यस चलचित्रको लेखन तथा छायांकन निर्देशक खनालले नै गरेका हुन् । शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन छ ।


कस्तो लाग्यो ?

यो पनि