जेठ ०३, २०८१, बिहीबार
               

आकाश र पूजाको पाँचौ सहकार्य

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ स्टारर चलचित्र ‘मन परेसी’को शुभ-मूर्हत गरिएको छ । श्रीपञ्चमीको अवसर पारेर यो चलचित्रको शुभ-मुर्हत गरिएको हो । काठमाण्डौको भद्रकाली मन्दिर पुगेर चलचित्रको मूर्हत गरिएको हो ।

शुभ-मूर्हत कार्यक्रममा पूजा र आकाश पनि त्यहाँ पुगेका थिए । चलचित्रका अर्का कलाकार रविन्द्र झालाई पनि त्यहा देखिएको थियो । 

रुपेश थिङको लेखन तथा निर्देशन रहने यस चलचित्रमा पूजा र आकाशले पाँचौ पटक सहकार्य गरेका छन् । रघु परियारको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा अमृत थिङ कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दिनेश शाही र चक्र पाख्रिन तामाङको पनि लागनी रहने छ । यस्तै, चलचित्रमा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह–निर्मातामा छन् ।

लभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुन लागेको चलचित्रको छायांकन आइतबारबाट सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।


कस्तो लाग्यो ?

यो पनि