जेठ ०२, २०८१, बुधबार
               

शाहरुख खानकी बहिनीको क्यान्सरका कारण निधन

एजेन्सी
माघ १५, २०७६

ADVERTISEMENT

बलिउड बादशाह शाहरुख खानकी बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहाँको मंगलबार निधन भएको छ । नूर जहाँका कान्छा भाइ मंसुरले यो खबर पुष्टि गरेका हुन् । नूर जहाँ लामो समयदेखि क्यान्सबाट पीडित थिइन् ।

जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरपीडित भएको जानकारी दिए । स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।

सन् २०१८को आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् । यसबाहेक नूर जहाँको कुनै जानकारी सार्वजनिक भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि