जेठ ०३, २०८१, बिहीबार
               

चियावाली बन्न सन्नी लियोन तयार

एजेन्सी
माघ १५, २०७६

ADVERTISEMENT

बलिउडमा छोटो समयमै आफ्नो पहिचान बनाएकी सन्नी लियोन अहिले ठूलो पर्दाबाट टाढा छिन् । उनी अभिनेत्रीसँगै परफ्युम ब्रान्ड ‘लस्ट’ की मालिक समेत हुन् । यसबाहेक उनले रियालिटी शो ‘बक्स क्रिकेट लिग’ मा पनि लगानी गरेकी छिन् । एक छोरीकी आमा सन्नी आज बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । 

उनी अहिले आफ्ना श्रीमान् डेनियलसँग मिलेर नयाँ फिल्म निर्माण गर्दैछिन् र यसैको सुटिङमा व्यस्त छिन् । सन्नीले अन्तवार्ताका क्रममा आफु चियावाली बन्न पनि तयार रहेको बताएकी छि । ‘म कामलाई सानो ठूलो मान्दिंन । मेरा लागि फिल्म सेटमा चिया पुर्‍याउने काम पनि ठूलो हो,’ उनले भनिन्, ‘यदी नयाँ फिल्मको सेटमा कसैलाई चिया पुययाउनुपर्‍यो भने पनि कुनै दुख लाग्नेछैन । मेरा लागि त्यतिबेलासम्म सबै समान हुन्, जतिबेलासम्म उनीहरुले मेरो नराम्रो गर्दैनन् ।’

निर्माताहरुले फाइदाको कुरा गर्नु स्वभाविक रहेको उनले बताएकी छिन् । ‘मलाई फाइदाको कुरा ठिक लाग्छ । मसँग कुनै इगो प्रब्लम छैन । सबै काम गर्नसक्छु,’ उनले भनिन् ।


कस्तो लाग्यो ?

यो पनि