जेठ ०२, २०८१, बुधबार
               

पलसँग काम गर्न लालाहित दयाहाङ
पल भन्छन्, ‘दया दाईसँग धेरै कुरा सिक्नेछु’

नेपाल फ्ल्यास
माघ १४, २०७६

ADVERTISEMENT

चलचित्र ‘२ नम्बरी’मा दयाहाङ राई र पल शाह मुख्य भूमिकाको लागि पक्का भएका छन् । चलचित्रमा उनीहरुले साथीको भूमिका निर्वाह गर्नेछन् । दयाहाङ र पलले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा दयाहाङले पलको निकै प्रशंसा गरे । उनले आफू पलसँग काम गर्न लालहित भएको बोलेका थिए । उनले भनेका थिए, ‘अहिलेको जल्दोबल्दो नायक पलसँग काम गर्न म लालाहित थिए । अहिले आएर संयोग मिलेको छ । खुसी लागेको छ ।’

त्यस्तै नायक पल शाहले पनि आफू दयाहाङको फ्यान नै भएको बताए । उनले भने, ‘दया दाईसँग काम गर्न पाउनु मेरो सौभाग्य ठानेको छु । उहाँबाट सक्नुपर्ने कुराहरु धेरै छन् । यस सहकार्यबाट सिक्नेछु ।’

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने चलचित्रको मुख्य नायिकामा वर्षा राउत पक्का भएकी छिन् । उनले भने पल र दयाहाङ दुबैसँग काम गरिसकेकी छिन् । आफूले काम गरिसकेको टिम पाएकाले वर्षामा पनि झुट्टै उत्साह देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि