जेठ ०२, २०८१, बुधबार
               

रिहा भएपछि आस्थाले भनिन्, ‘प्रहरी साच्चिकै साथी रहेछन्’

नेपाल फ्ल्यास
माघ १४, २०७६

ADVERTISEMENT

प्रहरीलाई अभद्र व्यावहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीको उजुरीमा जिल्ला प्रशासन कार्यलयले पक्राउ पूर्जी जारी गरेको थियो । सोमबार आस्था आफैँ प्रहरी समक्ष हाजिर भइन् । प्रहरीले आस्थामाथि थप अनुसन्धन गर्नुपर्ने भन्दै ४ दिन हिरासतमा राख्ने म्याद थप गर्‍यो । 

तर, बहिर भएको चर्को आलोचनापछि मंगलबार नै आस्थालाई रिहा गरिएको छ । ४ हजार धरौटी लिएर आस्थालाई प्रहरीले रिहा गरेको हो ।

रिहा भएपछि आस्थाले प्रहरीको खुलेर प्रशंसा गरेकी छिन् । उनले भनेकी छिन्, ‘प्रहरी मेरो साथी भन्ने कुरामा मलाई प्रश्न थियो । तर, साच्चिकै उहाँहरु साथी हुनुहुँदो रहेछ । मलाई साह्रो राम्रो र सहृदयपूर्ण वातावरण बनाइदिनु भएको छ । उहाँहरु प्रति मेरो सम्मान छ ।’

आस्थाले रिहाभएपछि पनि आफूले केही गल्ती गरेको स्विकारेकी छिन् । उनले भनिन्, ‘आवेगमा आएर मैले केही गलत शब्दहरु बोलेको छु । त्यसको लागि पुनः माफी माग्छु । कानुन भन्दा माथि कोही छैन् । त्यसैले कानुनी सजाय भोग्न म तयार छु ।’

आस्थालाई जिल्ला प्रशासन कार्यलयले फागुण १४ गते पुनः हाजिर हुन अनुरोध गरेको छ । आस्था आफू बोलाएको समयमा नै हाजिर हुने बताइन् । 


कस्तो लाग्यो ?

यो पनि