जेठ ०२, २०८१, बुधबार
               

विश्वकै सर्वाेच्च स्थानमा फेसन शो गरी किर्तिमान
कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा

नेपाल फ्ल्यास
माघ १४, २०७६

ADVERTISEMENT

काठमाडौं । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान कायम गरेको छ । आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा  गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल भएको हो । 

नन–बायोडिग्रेडेबल (अपघटन नहुने जैविक) फेसन उत्पादन तथा सामानको प्रयोग निरूत्साहन गर्दै प्रकृति तथा हिमालको संरक्षण गर्ने विषयमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले सो कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो । 

फेसन शोमा आठ नेपाली, पाँच इटालीकी, एक फिनल्यान्डकी, एक श्रीलंकाकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए । फेसन डिजाइनर रमिला नेम्कुलले गरेको जैविक विविधता र प्राकृतिक महत्वका फेसनको अनुसन्धानका आधारमा नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहना सहित मोडलहरू शोेमा प्रस्तुत भएका थिए । 

शोमा सबै प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री समेत देखाइएको थियो । कार्यक्रमको मुख्य उद्धेश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ नन्दिनी लाहे थापा, विश्वाम्बर घिमिरे, गिनिज वल्र्ड रेकर्डका अधिकारी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेका थिए । 
सहभागीहरू जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने आयोजकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि